सिमराबाट उपचारको लागि काठमाडौँ ल्याउँदै गर्दा महिलाको विमानमै मृत्यु
बुधबार, ०७ जेठ २०८२, ११ : ५४
सारांश
- सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउँदै गर्दा एक महिलाको विमानमै मृत्यु भएको छ।
- रौतहटकी ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पतिले उपचारका लागि काठमाडौँ ल्याएका थिए।
- केएमसी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेपछि शव पोस्टमार्टमका लागि पठाइएको छ।
काठमाडौँ । सिमरा विमानस्थलबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ । मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याएका हुन् ।
४ बजेको उडानमार्फत काठमाडौँ ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् ।
मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण