सिमराबाट उपचारको लागि काठमाडौँ ल्याउँदै गर्दा महिलाको विमानमै मृत्यु
बुधबार, ०७ जेठ २०८२, ११ : ५४

समाचार सारांश
- सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउँदै गर्दा एक महिलाको विमानमै मृत्यु भएको छ।
- रौतहटकी ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पतिले उपचारका लागि काठमाडौँ ल्याएका थिए।
- केएमसी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेपछि शव पोस्टमार्टमका लागि पठाइएको छ।
काठमाडौँ । सिमरा विमानस्थलबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ । मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याएका हुन् ।
४ बजेको उडानमार्फत काठमाडौँ ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् ।
मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित