तीनकुने घटनाको अनुसन्धान पूरा, प्रसाईंसहित ८ जनाविरुद्ध ज्यान मुद्दामा अभियोजन गर्नुपर्ने राय
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्ने विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ।
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ।
- आगजनीमा संलग्नहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय छ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्नेहरू विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । काठमाडौँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
बुधबार साँझसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरी र दुर्गा प्रसाईं सहित ८ जनालाई ज्यान सम्बन्धी कसुरमा प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।
अनुसन्धान अधिकृतहरूले प्रतिवेदनलाई अन्तिम रूप दिइरहेका छन् । आरोपीहरू विरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकामध्ये राज्य विरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव मुद्दामा म्याद थप भएका २७ जना हिरासतमा छन् । अन्य आरोपीहरूलाई प्रहरीले यसअघि अनुसन्धान पुरा गरेर हाजिर जमानीमा रिहा गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण