शुद्धोधन गाउँपालिकाका अध्यक्ष किन परे पक्राउ ?
सारांश
- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी साइबर क्राइम मुद्दामा पक्राउ परेका छन्।
- उनीमाथि बलात्कार पीडित युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको आरोप लागेको छ, जसका कारण पक्राउ पुर्जी जारी भएको थियो।
- प्रहरीले उनलाई बुटवलमा नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि अदालतमा पेश गरिनेछ।
बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दा परेपछि मंगलबार रुपन्देहीबाट पक्राउ परेका हुन् ।
कपिलवस्तुको मायादेवी गाउँपालिकी एक बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको अभियोगमा पीडित पक्षले जाहेरी दिएसँगै चौधरीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो।
अनुसन्धानका लागि पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट आदेश प्राप्त भएसँगै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले रातोपाटीलाई जानकारी दिए ।
‘उहाँ विरुद्ध प्रहरी मुद्दा दर्ता भएको थियो । सोही आधारमा आज आफै बुटवलमा उपस्थित भएसँगै नियन्त्रणमा लिइएको छ’, उनले भने । उनलाई अब म्याद थपका लागि अदालत लगिने कार्कीको भनाइ छ ।
उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो।
चौधरीलाई पक्राउ गरी बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण