बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता

बिहीबार, ०८ जेठ २०८२, ०८ : २८
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । पूर्वी नेपालको इलाममा रहेको अन्तुडाँडा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै आएको छ । देश विदेशबाट पर्यटक पुग्ने भएकोले यहाँको व्यापार व्यवसाय फस्टाउने क्रममा छ । यहाँ ससाना कटेज र होमस्टे पनि पर्याप्त रूपमा सञ्चालनमा छन् । 

एक छिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।  अन्तुडाँडा सूर्योदय र सर्यास्तको दृश्यावलोकनको लागि प्रसिद्ध छ।

कञ्चनजङ्घा लगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरूको यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ।

सौहार्द, आत्मीय र सहयोगी यहाँका बासिन्दाहरू र उनीहरूको परम्परा र संस्कृति, ग्रामीण खानपान र आफ्नै मौलिक जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सकिने भएकोले  अन्तु पर्यटकको रोजाइमा पर्दै आएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Ilam antu dada (2)Ilam antu dada (3)Ilam antu dada (4)Ilam antu dada (5)Ilam antu dada (6)Ilam antu dada (7)Ilam antu dada (8)Ilam antu dada (9)Ilam antu dada (10)Ilam antu dada (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप