बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

गौशालामा बसले ७ वटा सवारी साधनलाई ठक्कर दिएपछिको तस्बिर हेर्नुहोस्

बुधबार, ०७ जेठ २०८२, १४ : २५
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • काठमाडौँको गौशालास्थित पिंगलास्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ वटा सवारी साधनमा क्षति पुगेको छ।
  • बाबा गोकर्णेश्वर यातायातको बसले एयरपोर्टतर्फ जाँदै गर्दा दुर्घटना गराएको र दुर्घटनामा ३ जना घाइते भएका छन्।
  • दुर्घटनामा हायस माइक्रो, कार, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

काठमाडौँ । राजधानीको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । सो क्रममा बसले अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

  एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

बसले हायस माइक्रो, कार,  मोटरसाइकल, स्कुटरसहितका सवारीसाधनलाई ठक्कर दिएको हो । 

gaushala (1)gaushala (2)gaushala (3)gaushala (4)gaushala (5)gaushala (6)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप