बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु

बुधबार, ०७ जेठ २०८२, २२ : ०७
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • गोरखामा हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
  • भीमसेन थापा गाउँपालिका-४ धावा चौताराका ७० वर्षीय बलराम विकको मृत्यु भएको हो।
  • प्रहरीका अनुसार, विकलाई बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको सपोर्ट तारमा करेन्ट लागेको थियो।

गोरखा । हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बारीमा बाख्रा चराउन जानुभएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप