गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु
बुधबार, ०७ जेठ २०८२, २२ : ०७
सारांश
- गोरखामा हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
- भीमसेन थापा गाउँपालिका-४ धावा चौताराका ७० वर्षीय बलराम विकको मृत्यु भएको हो।
- प्रहरीका अनुसार, विकलाई बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको सपोर्ट तारमा करेन्ट लागेको थियो।
गोरखा । हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बारीमा बाख्रा चराउन जानुभएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण