पक्राउ
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ
मङ्गलबार, ०६ जेठ २०८२, १५ : ५५
सारांश
- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध मुद्दामा पक्राउ परेका छन्।
- अध्यक्ष चौधरीलाई बलात्कार पीडित युवती र परिवारको पहिचान सार्वजनिक गरेको आरोप लागेको छ।
- जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो ।
बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि जिल्ला अदालत रुपन्देहीले अध्यक्ष चौधरीलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो ।
उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण