मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ

मङ्गलबार, ०६ जेठ २०८२, १५ : ५५
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध मुद्दामा पक्राउ परेका छन्।
  • अध्यक्ष चौधरीलाई बलात्कार पीडित युवती र परिवारको पहिचान सार्वजनिक गरेको आरोप लागेको छ।
  • जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो । 

बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि जिल्ला अदालत रुपन्देहीले अध्यक्ष चौधरीलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । 

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप