बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

गौशालामा बस अनियन्त्रित भएर दुर्घटना, ७ वटा सवारी साधनलाई ठक्कर

३ जना घाइते
बुधबार, ०७ जेठ २०८२, १४ : ११
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • काठमाडौँको गौशालास्थित पिंगलास्थानमा यात्रुवाहक बसले ७ वटा सवारी साधनलाई ठक्कर दियो।
  • दुर्घटनामा ३ जना घाइते भए, जसमा मोटरसाइकल चालक पनि छन्।
  • बस चालक फरार, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

  एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् । 

ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् । सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप