लागूऔषध सहित एक जना पक्राउ
बुधबार, ०७ जेठ २०८२, १९ : ४०

पोखरा । कास्कीबाट लागूऔषध सहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धम्पुसका ४१ वर्षिय युवराज गुरुङ रहेका छन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ घट्टेखोलामा लागूऔषध कारोबार भैरहेको सूचनापछि प्रहरीले छापा मारेको थियो । उनको साथबाट बुप्रि नर्फिन ४६ एम्पुल, डाईजेपाम ४१ एम्पुल र फेनारगन ४६ एम्पुल गरी १३३ एम्पुल बरामद भएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता