लागूऔषध सहित एक जना पक्राउ
बुधबार, ०७ जेठ २०८२, १९ : ४०
पोखरा । कास्कीबाट लागूऔषध सहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धम्पुसका ४१ वर्षिय युवराज गुरुङ रहेका छन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ घट्टेखोलामा लागूऔषध कारोबार भैरहेको सूचनापछि प्रहरीले छापा मारेको थियो । उनको साथबाट बुप्रि नर्फिन ४६ एम्पुल, डाईजेपाम ४१ एम्पुल र फेनारगन ४६ एम्पुल गरी १३३ एम्पुल बरामद भएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण