पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो ।
प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटक उपचार गराएको श्रेष्ठले जानकारी दिए । ‘हात्ती पहिल्यैदेखि बिरामी थियो,’ उनले भने, ‘उपचार गरियो, बचाउन सकिएन ।’ बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी) ले बन्दाकोभी, फुलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउने गरेको थियो ।
वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलका अनुसार उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो । लुइँटेलले झापाको जङ्गलमा विचरण गर्दै आएका रैथाने हात्तीलाई तिनीहरुको पहिचान र स्वाभावको आधारमा विभिन्न नामकरण गरिँदै आएको बताए ।
हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको र आजै खाल्डो खनेर पुरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण