बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

सडकमै महिलालाई प्रसूति हुन सघाएकी प्रहरी जवान देउवा सम्मानित

बुधबार, ०७ जेठ २०८२, १५ : १०
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा प्रसंशा पत्र सहित सम्मानित भएकी हुन् । 

मंगलबार बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रहरी जवान देउवाले सडकमै प्रसूति हुन सहयोग गरेको भन्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । 

प्रहरी जवान देउवाको सहयोगमा आचार्यले बच्चा (छोरा) लाई जन्म दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप