बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न
बुधबार, ०७ जेठ २०८२, १० : ५९

समाचार सारांश
- मुसिकोट नगरपालिकाको वडा ३ र ७ जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ। स्वीस सरकारको आर्थिक सहयोगमा पुल बनेको हो।
- पुल ५६.३० मिटर लामो छ र यसको निर्माणमा ५ करोड १७ लाख ५० हजार ६६५ रुपैयाँ खर्च भएको छ।
- २०७६ र २०७७ सालमा पुल भाँचिएपछि यसको डिजाइन परिवर्तन गरी पुनर्निर्माण गरिएको थियो।
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो ।
सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो ।
पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित
-
आईपीएलमा खुम्चिँदै अलराउन्डरको भूमिका
-
राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता