राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
२०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए ।
तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन् । शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनताका लागि सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्ट, नेपाली काँग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार, पूर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल, क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
-
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह
-
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध
-
‘अपाङ्गता ऐन कार्यान्वयनका लागि पहल गरिने’
-
स्याङ्जाको चराङमा स्याउ उत्पादन