अदालत
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
मङ्गलबार, २० जेठ २०८२, १५ : ३७
काठमाडौँ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो ।
उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो ।
गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि जेठ १४ गते सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण