यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
सुर्खेत । सोमबारदेखि सुर्खेतमा जारी टि.बी. शाह यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सुदूरपश्चिमलाई हराएको छ । कर्णालीले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम सस्तैमा समेटिएको थियो । ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो ।
कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे । चार ओभर बलिङ गरेका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल भए ।
१० औँ ओभरमा बलिङ गर्न आएका उनले एक रन मात्रै खर्चिए । बाह्रौँ ओभरमा एक रन दिएर एक विकेट लिएका उनले चौधौँ ओभरमा मेर्डनसहित एक विकेट लिए भने १६ औँ ओभरमा मेर्डनसहित तीन विकेट लिए ।
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन् । सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । कर्णालीका कप्तान विपिनले पाँच विकेट लिँदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ थालेको कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्र जङ्ग शाहीले नटआउट रहँदै समान नौ रन बनाए ।
नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्काले चार रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाए । यो सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण