न्युजिल्यान्ड क्रिकेट बोर्डले केन्द्रीय सम्झौतामा समेट्यो चार नयाँ खेलाडी
काठमाडौँ । न्युजिल्यान्ड क्रिकेट बोर्डले सन् २०२५–२६ सिजनका लागि केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सूचि सार्वजनिक गरेको छ । यसपटक केन्द्रीय सम्झौताको सूचिमा चार जना नयाँ खेलाडीले स्थान पाएका छन् ।
केन्द्रीय सम्झौतामा २० जना खेलाडीलाई समेटिएको छ । पन्जाब किङ्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण खेलिरहेका तीव्र गतिका बलर काइल जेमिसनले पनि केन्द्रीय सम्झौतामा स्थान पाएका छन् ।
जेमिसन रिप्लेसमेन्ट खेलाडीका रुपमा पञ्जामा आबद्ध भएका हुन् । हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका मिच हे, मुहम्मद अब्बास, जक फाउलकेस र आदित्य अशोकलाई पनि केन्द्रीय सम्झौतामा स्थान दिइएको छ ।
केन्द्रीय सम्झौतामा स्थान पाउने अन्य खेलाडी टम ब्लन्डेल, माइकल ब्रेसवेल, मार्क चापम्यान, ज्याकब डफी, म्याट हेनरी, टम लाथम, ड्यारल मिचेल, हेनरी निकोल्स, विलियम ओ’रुर्क, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्टनर, बेन सियर्स, नाथन स्मिथ र विल योङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण