पोखरा रंगशालामा खेलकुद गतिविधिमा रोक

पोखरा । कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएपछि पोखरा क्षेत्रका खेल गतिविधिमा रोक लगाइएको छ ।
संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यलय कास्कीले सम्पूर्ण खेल गतिविधिमा बन्देज लगाएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिती र कास्की जिल्ला खेलकूद विकास समितीले सूचना प्रकाशित गर्दै वैशाख मसान्त सम्म रंगशालामा खेलकूद गतिविधिमा रोक लगाएका छन ।
राष्ट्रिय खेलकूद परिषदको निर्णय अनुसार रंगशालामा भइरहेका खेलकूद र दैनिक सञ्चालन भइरहेका खेलकूद प्रशिक्षणमा रोक लगाइएको क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले बताए ।
उनले वैशाख ९ गते देखि बैशाख मसान्त सम्म कुनै पनि खेलकूद गतिविधि, सभा तथा प्रशिक्षण हरु सञ्चालन नहुने बताए । यदि अटेर गरी कुनै कार्यक्रम गरेमा त्यसको जिम्मेवार स्वयं हुनुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
समितीले ओलम्पिकको वन्द प्रशिक्षणमा रहेका खेलाडी र कर्मचारीहरुले स्वास्थ्य मापदण्ड अपनाई कार्य गर्नु जनाएको छ ।
गत बर्ष कोभिड १९ कै कारण पोखरा रंगशालामा करिव २ महिनासम्म कुनै पनि खेल गतिविधिहरु सञ्चलन भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनेटरी प्याड बनाउन छात्रालाई तालिम
-
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
-
राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
-
आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास