१२ बजे १२ समाचारः आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग, निषेधाज्ञापछि राजावादीको प्रदर्शनस्थल परिवर्तन

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १६ गते शुक्रबार । पछिल्ला २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ-
१.आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग
आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउँदै आएका युवराज सफलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै शुक्रबार न्याय परिषद्मा उजुरी दिएका छन् ।
२. निषेधाज्ञापछि राजावादीको प्रदर्शनस्थल परिवर्तन
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ुसंयुक्त जनआन्दोलन समितिुले भोलिको पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेको छ। दरबारमार्गमा हुने भनिएको प्रदर्शन शान्ति बाटिका (रत्नपार्क) मा तय भएको समितिका संयोजक नवराज सुवेदीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।
३. विपक्षी अडान
आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट संसदमा पेस गर्न दिएका प्रतिपक्षी दलले बजेटमाथिको छलफल अघि सहमति नजुटे संसद् बैठक अवरोध गर्ने भएका छन् । आगामी जेठ २० गतेदेखि संसदमा बजेटमाथि छलफल गर्न संसद्को कार्यतालिका छ ।
४. आलम अस्पतालमा
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ९ बजे नै उनलाई अस्पताल पुर्याइएको बताइएको छ।
मानिसलाई इँट्टाभट्टामा ज्युँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।
५. नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको छ।
सन् २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो । त्यतिबेला लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भए र ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।
६. ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतद्वारा अनुमति
अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको कानुनी हैसियत तत्कालका लागि रद्द गर्न ट्रम्प प्रशासनलाई शुक्रबार अनुमति दिएको छ।
यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘प्यारोल’ कार्यक्रम ९अध्यागमन हिरासतबाट रिहाइ० अन्तर्गत अमेरिका बस्दै आएका करिब पाँच लाख ३२ हजार व्यक्तिलाई देश निकालाको जोखिममा पारेको छ ।
७. अदालतको आदेश
निजी विद्यालयमा नेपाली भाषा बोल्दा विद्यार्थीलाई कारबाही गर्ने प्रवृत्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो ।
८. राष्ट्रिय परिचयपत्र
सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो ।
९. प्रहरीमा पदस्थापन र सरुवा
११ प्रहरी नायव महानिरीक्षक ९डीआईजी०को बढुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएसँगै उनीहरूको पदस्थापन तथा काज गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।
१०. बजेटबारे मोर्चामा असन्तुष्टि
आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले ल्याएको बजेटप्रति संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरूले असन्तुष्टि जाहेर गरेका छन् ।
बजेट सार्वजनिक हुनुभन्दा एक साता अगाडि लोकतान्त्रिक मोर्चाको बैठकले सरकारलाई बजेटबारे केही सुझाव दिएको थियो, तर त्यो अनुसार बजेट नआएको मोर्चामा आवद्ध दलका नेताहरूले बताएका छन् ।
११. गगन–शेखर भेट
नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि शुक्रबा भेटवार्ता भएको छ ।आज बिहान डा कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
१२. भालुको आक्रमणबाट दार्चुलामा दुई जना घाइते
आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।
थप समाचारहरु: