शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहेत्तर सम्बन्धका कारण खानामा बिष हालेर श्रीमानको हत्या

शुक्रबार, १० वैशाख २०७८, १८ : ४३
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा पत्नीले खानामा बिष हालेर पतिको हत्या गरेकी छिन् । श्रीमानको हत्या गरेको आरोपमा धादिङ घर भएर सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्वतीले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ०७२ माघ २७ मा विष्णु वैदेशिक रोजगारीबाट फर्केका थिए । विदेशबाट आएको भोलिपल्ट छोरालाई स्कुल पठाएर पार्वतीले खानामा विष घोलेर श्रीमानलाई खान दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘अण्डा करी, गहतको दाल र खानामा विष खुवाएको सो खाना र मृतकको भिसेरा परीक्षणबाट देखिएको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले भने– ‘आरोपीलाई पक्राउ गरेर हामिले थप अनुसन्धान शुरु गरेका छौं ।’

प्रहरीले हत्या भएको ५ वर्षपछि आरोपीलाई पक्राउ गरेको हो । पत्नीले दिएको खाना खाँदा अप्ठेरो भएपछि विष्णुलाई मध्यपुर अस्पताल लगिएको थियो । अस्पतालमा उनको मृत्यु भयो । विवाहेत्तर सम्बन्धका कारण उनले पतिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

भिसेरा र घटनास्थलबाट उठाइएको खानाको स्याम्पल परीक्षण गर्दा सो खानामा किटनाशक विषादी मिसिएको रिपोर्ट आएको छ । मृतकका भाइ लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप