शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक जालसाजी : रमेश लेखक

बिहीबार, ०६ जेठ २०७८, २२ : ०१
बिहीबार, ०६ जेठ २०७८

नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि एक पटक संविधानको खिल्ली उडाएको बताएका छन् । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान  गरेपछि लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, 'राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि एक पटक संविधानको खिल्ली उडाउनु भयो । प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतका लागि नगई वा म विश्वासको मत लिन सक्दैन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारको प्रक्रिया शुरू हुन सक्दैन ।'
 
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक भएको बताए । उनले भने, 'यो काम घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हो । उहाँहरूले संविधानमाथि गरीरहेको अपराधका लागि इतिहासमा जवाफ दिनु पर्ला ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप