शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी

शुक्रबार, २३ जेठ २०८२, २३ : २९
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ। सामाजिक अभियन्ता युवराज पौडेल (सफल) ले शुक्रबार मोहम्मद अफताब आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा दुई छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् । 

उनले शुक्रबार आलम सफाइ प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयमा  भिडियो फुटेज र कल डिटेल्स झिकाई छानबिनका लागि माग गरेका छन् । 

त्यस्तै, पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छुट्टै निवेदन दिँदै पतञ्जली जग्गा अनियमितता प्रकरणको बारेमा समेत प्रश्न उठाएका छन्। उनले भारतका स्वामी रामदेव, स्वामी बालकृष्ण लगायतका पतञ्जली कम्पनीका मुख्य व्यक्तिहरूलाई किन आरोपित नबनाइएको भनेर जानकारी माग गरेका छन्।

हत्या, आम नरसंहार र बम विस्फोटको मुद्दामा जन्मकैदको फैसला पाएका मोहम्मद अफताब आलमलाई २०८२ जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनले सफाइ दिएका थिए।

पौडेलले महान्यायाधिवक्ताकहाँ बुझाएको निवेदनमा आलमलाई सफाइ दिने दिनको अदालती बहसको भिडियो फुटेज माग गरेका छन्। उनले सरकारी वकिलहरूले कसरी बहस गरे भन्ने विषयमा प्रश्न उठाएका छन्।

निवेदनमा आलमलाई सफाइ दिनुअघि सङ्घीय सरकारका कानुन मन्त्री अजय कुमार चौरसिया वीरगन्ज गएको समाचार सार्वजनिक भएको थियो। पौडेलले मन्त्रीले बसेको होटलको सिसिटिभी फुटेज र त्यस समयका कल डिटेल्स समेत माग गरिएको छ । 

यसअघि पौडेलले न्यायाधीशद्वय थारु र महर्जनको विरुद्ध न्याय परिषद्मा उजुरी दर्ता गराएका थिए। 

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिइएको निवेदनमा उनले भारतका स्वामी रामदेव, स्वामी बालकृष्ण लगायतका पतञ्जली कम्पनीका मुख्य व्यक्तिहरूलाई किन आरोपित नबनाइएको भनेर जानकारी माग गरेका छन्।

अख्तियारले यसअघि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जनालाई आरोपित बनाएर पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

ujuri 1ujuri 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप