नेपालगञ्जमा धुमधामले मनायो बकर इद
सारांश
- नेपालगञ्जमा बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइयो, जहाँ मुस्लिम समुदायले सामूहिक नवाज पढे।
- बकर इदमा गरिब र विपन्न समुदायलाई बलि दिइएको मासु वितरण गरिन्छ, जसले यस पर्वको विशेषता झल्काउँछ।
- यो पर्व हिजरी संवत्अनुसार १४४० वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्नो छोरा इस्माएललाई बलिदान दिन तयार भएको सम्झनामा मनाइन्छ।
नेपालगञ्ज । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज यहाँस्थित विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ ।
इदगाहभित्रको स्थान साँघुरो भएका कारण अधिकांश इदगाह बाहिर सडकमा बसेर नवाज पढ्नुभएको देखिन्थ्यो । बिहानै स्नान गरेर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले जानकारी दिए ।
उनले यसको विशेषता भनेकै गरिब समुदायको उत्थान भएको उल्लेख गर्दै कुर्बान अर्थात् बलि गरिएको मासुलाई तीन भागमा विभाजन गरेर इष्टमित्र, आफन्तजन र गरिव, विपन्न समुदायलाई वितरण गरिने बताए । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा सो पर्व मनाउन थालिएको हो ।
नेपालगञ्जका स्थानीय हलिम खानले मुस्लिम समुदायको उक्त पर्वको ऐतिहासिक घटनाक्रम रहेको उल्लेख गर्दै कुर्बान गर्ने प्रचलनसँग यसलाई जोडेर हेर्न मिल्ने बताए । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो ।
जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । त्यसैले अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए ।
कुर्बान गरेको मासु तीन भागमा वितरण हुने गरेको छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण