शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा

शनिबार, २४ जेठ २०८२, ११ : ०७
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • नेदरल्याण्डको एम्सटर्डमस्थित राइक्सम्युजियममा दुई सय वर्ष पुरानो कन्डम प्रदर्शनीमा राखिएको छ। कन्डम भेंडाको अपेन्डिक्सबाट बनेको र दुर्लभ कलाकृति सन् १८३० तिरको हो।
  • यो कन्डम १९ औँ शताब्दीमा देह व्यापार र सेक्सुअलिटीमाथि एक प्रदर्शनीको हिस्सा हो। प्रदर्शनीमा प्रिन्ट, चित्र र फोटोग्राफ पनि राखिएको छ।
  • कन्डम फ्रान्सको देहव्यापारको अड्डाको स्मृति चिह्न रहेको र म्युजियमका अनुसार त्यसबेलाको यौन स्वास्थ्यको अवस्थालाई देखाउँछ।

काठमाडौँ । नेदरल्याण्डको एम्सटर्डमस्थित राइक्सम्युजियममा आयोजित एक प्रदर्शनीमा दुई सय वर्ष पुरानो कन्डम राखिएको छ । यो कन्डमको अवस्था राम्रै देखिन्छ ।

यो कन्डम भेंडाको अपेन्डिक्सबाट बनाएको मानिन्छ । यो कन्डममा एक नन र तीन पादरीको तस्बिर अङ्कित छ । यो दुर्लभ कलाकृति सन् १८३० तिरको हो । गत महिना म्यूजियमले यो कन्डम लिलामीमा खरिद गरेको थियो ।

यो कन्डम १९ औँ शताब्दीमा देह व्यापार र सेक्सुअलिटीमाथि एक प्रदर्शनको हिस्सा हो । यो प्रदर्शनीमा प्रिन्ट, चित्र र फोटोग्राफ पनि राखिएको छ । राइक्सम्युजियमका क्यूरेटर जोयस जेलेनले भनिन्, ‘म र मेरो एक सहकर्मीले पहिलो पटक लिलामीमा कन्डम देख्यौँ, हामीलाई हाँसो उठिरहेको थियो ।’

लिलामीमा यो कन्डमका लागि अरु कसैले बोली नलगाएको उनले बताइन् । ‘हामीले मात्रै यसका लागि बोली लगाएका थियौँ,’ उनले भनिन् । लिलामीबाट यो कन्डम हासिल गरिसकेपछि अल्ट्रा भाइलेट रोशनीमा यसको परीक्षण गरिएको थियो, जसबाट यो कन्डम यौन सम्पर्कका लागि प्रयोग नभएको पाइएको थियो । जेलेनले भनिन्, ‘यो निकै राम्रो अवस्थामा थियो ।’

कहाँबाट आयो यो कन्डम ?

यो कन्डम राख्न थालेपछि म्युजियममा धेरै मान्छे आउन थालेका छन् । जेलेनले भनिन्, ‘हामीलाई निकै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । युवा वा बुढो उमेर भएका सबैले यसबारे चासो राखेका छन् ।’

यो कन्डम फ्रान्सको चमक–धमक भरिएको देहव्यापारको कुनै अड्डाको लक्जरी ‘स्मृति चिह्न’ रहेको जेलेन बताउँछिन् ।

म्युजियमका अनुसार यो कन्डमले त्यतिबेलाको यौन स्वास्थ्यको अवस्थालाई देखाउँछ, जतिबेला यौन आनन्दको खोजीमा रहेकालाई अनिच्छित गर्भ र यौन रोगको डर हुन्थ्यो । यो कन्डमको तस्बिरमा रहेकी ननको लुगा खुलेको छ र उनी पादरीहरूलाई सङ्केत गरिरहेकी छन् । तीनै जना पादरी उनको सामुन्ने उभिएका छन् ।

यो कन्डममा ‘भोयला मोन चोयस’ अर्थात् ‘यो मेरो मर्जी हो’ लेखिएको छ । यो म्युजियममा प्रिन्ट कलेक्सनको कोठामा साढे सात लाख प्रिन्ट, चित्र र फोटोग्राफ छन् तर कुनै कन्डममा प्रिन्ट भएको यो पहिलो सङ्ग्रह हो ।

जेलेनले भनिन्, ‘हामी भन्न सक्छौँ– हाम्रो एकमात्र कला सङ्ग्रहालय छ, जसमा प्रिन्टेड कन्डम छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप