प्रदेश नम्बर २ : आधिकारीकताको प्रतीक्षामा महन्थ पक्ष
प्रदेश नम्बर २ को सरकारले एक मन्त्री र ३ राज्यमन्त्री बर्खास्त गरेपछि क्रुद्ध बनेका जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुले तत्काल कुनै कदम भने नचाल्ने भएका छन् । जसपाको आधिकारिकताको विषयलाई लिएर अदालतमा समेत मुद्दा परेको भन्दै तत्काल प्रतीक्षा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।
केन्द्र सरकारमा ठाकुर पक्ष सहभागी भएसँगै जसपाको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठकमा उनीहरु अनुपस्थित भए ।
जसपाको उपेन्द्र यादव पक्षका रहेका मुख्यमन्त्री राउतले ठाकुर पक्षलाई कित्ताकाट गर्दै विपक्षी दलसँग गठबन्धन गर्न लागेको भन्दै उनीहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएको जसपाका सचेतक परमेश्वर साहले जानकारी दिए । मन्त्रीहरुलाई बर्खास्त गरेपछि तत्कालिन राजपाका प्रदेशसभा सदस्यहरुको बैठकले प्रदेशसभा बैठकमा उपस्थित नहुने र सरकारको आगामी गतिविधिको आधारमा समर्थन वा विरोध गर्ने निर्णय गरेको साहले बताए ।
साहले तत्कालिन समाजवादी पार्टी र तत्कालिन राजपा नेपाल अस्तित्वमा नरहेको समयमा गुटगत हिसाबले मुख्यमन्त्री राउतले एकलौटी ढंगबाट अघि बढेको आरोप लगाए । उनले भने, ‘जसपाको आधिकारीकताका विषयमा निर्वाचन आयोगसम्म मुद्दा पुगेको छ । आयोगले हाम्रै पक्षमा निर्णय गर्ने विश्वास छ । हामी अहिले पार्टीको आधिकारिकता सम्बन्धमा आउने निर्णयको प्रतीक्षामा रहेका छौँ ।
‘अहिले मुख्यमन्त्रीजीका लागि काँग्रेस र माओवादी प्यारो भएको छ । तर चिन्ता नगर्नुस् निर्वाचन आयोगको निर्णय हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ,’ उनले थपे ।
तत्कालिन राजपाका २५ सांसद मध्ये ६ जना खुलेरै उपेन्द्र यादव पक्षमा लागेका छन् भने अझै सांसदहरु आउने भन्दै मुख्यमन्त्री राउतले सोका लागि समेत लबिङ गरिरहेका छन् ।
यता प्रदेश सरकार र काँग्रेसको वार्ता टोलीबीच सरकारमा सहभागिताको विषयलाई लिएर बैठक सुरु भएको छ । आज अबेर रातिसम्म काँग्रेस वार्ता टोलीसँग कुरा मिले भने भोलि प्रदेशको मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण