सभामुख अर्याल र साउदी अरेबियाका राजदूतबिच शिष्टाचार भेटवार्ता
सारांश
- सभामुख देवप्रसाद अर्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत फहाद मोहम्मद ए. मनिखबीच शिष्टाचार भेटवार्ता भएको छ ।
- भेटमा सभामुख अर्यालले नेपाल-साउदी संसदीय मैत्री समूह गठन भएको र श्रम आप्रवासमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गरे ।
- राजदूत मनिखले नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको र श्रम, व्यापार, लगानी, पर्यटनमा सहकार्य गर्न इच्छुक रहेको बताए ।
काठमाडौँ । नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिखले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार सभामुख अर्याल र राजदूत मनिखबिच भेटवार्ता भएको हो ।
भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराएका छन्। उक्त समूहले दुवै देशका संसदबिच पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
उनले नेपाल र साउदी अरेबियाबिच श्रम आप्रवासको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गरे ।
भेटका क्रममा सभामुख अर्यालले मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको उल्लेख गरे । उनले यस ऐतिहासिक अवसरलाई दुवै देशबिचको सुदृढ साझेदारी तथा भविष्यको अझ घनिष्ठ सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने अर्थपूर्ण कार्यक्रम तथा सहभागितामूलक गतिविधिमार्फत गरिमामय र स्मरणीय रूपमा मनाउने अपेक्षा व्यक्त गरे ।
सभामुख अर्यालले नेपाल र साउदी अरेबियाबिच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा साउदी अरेबिया सहित मित्रराष्ट्रहरूबाट थप लगानी र सहयोगको अपेक्षा गरेको बताए ।
उनले नेपालको प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, समृद्ध संस्कृति तथा नेपालीहरूको आतिथ्य भावका कारण नेपाल साउदी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गरे ।
भेटमा राजदूत मनिखले नेपाल र साउदी अरेबियाबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश सदैव सकारात्मक रहेको बताए। उनले नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गरे ।
नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा राजदूतावास स्थापना गरेको हो। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली नागरिक कार्यरत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण