नेकपाको नेतृत्व रहेको ६ प्रदेशका मुख्यमन्त्री बने केन्द्रीय सदस्य
काठमाडौं– ६ वटै प्रदेशका मुख्यमन्त्री नेकपाको केन्द्रीय सदस्य बनेका छन् । दुई नम्बर बाहेकका प्रदेशमा नेकपाको सरकार रहेको छ ।
प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्री रहेका छन् । तत्कालिन एमालेको पोलिटब्यूरो सदस्य रहेका उनी नेकपाको केन्द्रीय सदस्य बनेका छन् ।
यस्तै डोरमणि पौडेल प्रदेश नं ३ का मुख्यमन्त्री छन् । यसअघि तत्कालिन एमालको अंचल कमिटी सदस्य रहेका उनी नेकपाको केन्द्रीय सदस्यमा पर्न सफल भएका छन् ।
पृथ्वीसुब्बा गुरुङ ४ नं प्रदेशका मुख्यमन्त्री हुन । उनी एमालेको स्थायी समिति सदस्य र संगठन विभाग प्रमुख थिए । उनी नेकपाको केन्दीय समितिमा छन् ।
यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनी यसअघि एमालेको स्थायी समिति सदस्य थिए ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् ।
यसअघि उनी माओवादीका केन्द्रीय सदस्य थिए ।
यस्तै प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट ७ पनि केन्द्रीय सदस्य बनन सफल भएका छन् । यसअघि पनि उनी तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा