शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप

आइतबार, २८ वैशाख २०८२, २० : ४२
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुनेको खुला चौरमा राजावादी समूहद्वारा चैत १५ मा आयोजित प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न थप एकजना पक्राउ परेका छन् ।

“राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” नामक संस्थाले आयोजना गरेको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङका उनीमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ। यसैबीच आइतबार विज्ञप्ति जारी गरेर राजावादी समूहले उनको पक्राउको विरोध गर्दै  रिहा गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप