लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी

काठमाडौँ । लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । सो आयोजनामा एनएमबि बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ५ अर्ब २५ करोड लगानी रहने निश्चित भएको हो ।
४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब रहनेमा एनएमबि बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक., एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जीबीे उक्त समझदारी भएको हो । आयोजना दोलखाको विगु गाउँपालिकामा बन्नेछ ।
साथै एनएमबिको एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन भएको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंकको तर्फबाट चिफ दिनेश दुलाल र डायनामिक हाइड्रोको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू