बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

मङ्गलबार, २९ जेठ २०७५, ०७ : ५६
मङ्गलबार, २९ जेठ २०७५

डेली मेल

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीतको अभूतपूर्व शिखर बैठक सुरु भइसकेको छ  । सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका छन् । उक्त भेट ४५ मिनेटदेखि एक घण्टा लामो हुने अनुमान गरिएको छ । दुबै देशका अनुवादक पनि उक्त भेटमा उपस्थित हुनेछन् ।

ट्रम्पले भेटवार्ता अघि पत्रकारसँग कुरा गर्दै किमसँगको भेट एक सम्मान भएको बताएका छन् ।

‘मैले निकै राम्रो महसुस गरिरहेको छु, साँच्चै नै राम्रो,’ उनले भने । ‘हामी छालफल गर्दैछौं र यो अत्यधिक सफल हुन्छ भन्ने मलाई लागिरहेको छ । यो भेटवार्ता अत्यधिक सफल हुनेछ, र यो सम्मान हो । यसमा कुनै शंका छैन ।’

यता किमले अमेरिकी राष्ट्रपतिलाई भने, ‘यहाँ आउनु सजिलो थिएन । पूर्वाग्राह र पुराना परम्पराले हामीलाई अघि बढ्न रोकिरहेको थियो तर हामीले यसमा विजय प्राप्त गरेका छौं ।’

‘हो, यो सत्य हो,’ ट्रम्पले किमसँग हात मिलाउँदै जवाफ दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप