सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
शनिबार, १६ असार २०७५, १७ : २७

-रामहरी श्रेष्ठ
ओखलढुंगा । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जबरजस्ती गर्दै गरेको आफूले भेटेपछि तुरुन्त प्रहरीलाई खबर गरेको परिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । बालिकालाई भने स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल