ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घअन्तर्गत रहने गरी सविन ढुङ्गेलको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन गरिएको छ ।
सविनको अध्यक्षतामा २७ सदस्यीय ब्याडमिन्टन सङ्घ गठन गरिएको लोकतान्त्रिक खेलकुद सङ्घले जनाएको छ ।ब्याडमिन्टन सङ्घको बरिष्ठ उपाध्यक्षमा दानबहादुर तामाङ, उपाध्यक्षमा दिपेन्द्र बस्नेत, महासचिवमा इन्द्र दाहाल, उपमहासचिवमा ईश्वर आचार्य, सचिवमा रणबहादुर ऐरी, सहसचिवमा राजेन्द्र तामाङ, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सह कोषाध्यक्षमा अभिषेक चालिसे रहेका छन् ।
सदस्यमा सुनिल होना, प्रतिक श्रेष्ठ, राम राई, विसन श्रेष्ठ, राजु राई, धनबहादुर भण्डारी, गोपाल श्रेष्ठ, प्रज्ज्वल घिमिरे, सरद तामाङ, कृष्टिना प्रजापती, निरुपा श्रेष्ठ, राजेन्द्र महर्जन, सरुषा मगर, निरन जोशी, ओमप्रकास घिमिरे, बिष्णुगोपाल गड्तौला, केदारप्रसाद आचार्य र रविन्द्र महर्जन रहेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सचिव राजुविक्रम थापाको प्रमुख आतिथ्य तथा लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य एवं प्रवक्ता दामोदर अर्याल र केन्द्रीय सदस्य अनिल अधिकारीको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।
अध्यक्ष सविनले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको मूल्य र मान्यताभित्र रहेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ नेपाल लोकतान्त्रिक खेलकुद सङ्घअन्तर्गतको पहिलो खेल सङ्घ बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण