शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलका सीईओको सुनवाईपछि ‘इडियन’ शब्द ट्रेन्डिङमा, सांसदले सोधे– ‘इडियट’ शब्द सर्च गर्दा किन ट्रम्पको फोटो आउँछ ?

बिहीबार, २७ मङ्सिर २०७५, १३ : ३१
बिहीबार, २७ मङ्सिर २०७५

बीबीसी । गुगलका प्रमुख कार्यकारी अधिकृतको अमेरिकी संसदमा भएको सुनुवाईपछि ‘इडियट’ शब्द १० लाख पटक सर्च गरिएको छ । 

संसदीय सुनुवाईका क्रममा एक सांसदले गुगल इमेजमा ‘इडियट’ शब्द सर्च गर्दा किन ट्रम्पको फोटो आउँछ भनेर सोधेकी थिइन् । त्यसपछि उनलाई यो कतै गुगलको ‘अल्गोरिदम’को राजनीतिक पूर्वाग्रहको उदाहरण त होइन भनेर सोधिएको थियो । 

गुगलमा सर्च गरिने शब्दहरुको निगरानी गर्ने ‘गुगल ट्रेण्ड’का अनुसार बुधबार ‘इडियट’ शब्द अमेरिकामा सबैभन्दा बढी सर्च गरिएको पदावली भयो । 

डेमोक्रेटिक सांसद जोई लोफ्ग्रेनले ‘इडियट’ सर्च गर्दा राष्ट्रपति ट्रम्पको तस्वीर किन आउँछ भनेर सोधेकी थिइन् । 

“त्यो कसरी हुन्छ ? गुगलको सर्चले कसरी काम गर्छ र त्यस्तो भयो ?” उनले सोधिन् ।

गुगलका सिइओ पिचाईले जवाफमा गुगल सर्चले अर्बौं शब्दहरुमध्यबाट २०० तत्वको आधारमा परिणाम देखाउने बताए । 

“त्यसो भए यो कुनै पर्दा पछाडि बसेको कुनै व्यक्तिले प्रयोगकर्तालाई देखाउने भन्ने कुरा होइन ?” लोफ्ग्रेनले ठट्टा गर्दै भनिन् । 

गुगल तथा अन्य प्रविधि उद्योगहरु आफ्नो पार्टीविरुद्ध रहेको आरोप लगाइरहेका रिपब्लिकन पार्टीका सदस्यहरुले पिचाईलाई प्रश्नको वर्षानै गरेका थिए । तीमध्ये कै एक स्टिभ चबोटले गुगलमा उनको पार्टीले ल्याएको ‘स्वास्थ सेवा विद्ययक’ सर्च गर्दा किन नकारात्मक समाचार मात्र आउँछ भनेर सोधेका थिए । 

यसको उत्तर दिँदै पिचाईले मानिसहरुले गुगलमा ‘गुगल’ नै सर्च गर्दा पनि त्यतिनै नकारात्मक समाचार आउने बताएका थिए । 

गुगलमा ‘इडियट’ शब्द र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीरबीचको सम्बन्ध यो वर्षको प्रारम्भमा बाहिर आएको थियो । उक्त समय ट्रम्पको बेलायत भ्रमणका बेला उनी विरुद्ध विरोध प्रदर्शन गर्नेहरुले अभियानकै रुपमा ‘ग्रिन डे’ व्याण्डको गीत ‘अमेरिकन इडियट’लाई संयुक्त राज्यको संगित चार्टमा शीर्ष स्थानमा पुर्याएका थिए । 

त्यसपछि रेडिट वेवसाइटका प्रयोगकर्ताहरुले राष्ट्रपति ट्रम्पको तस्वीरसँगसँगै ‘इडियट’ शब्द राखेर पोष्ट गर्न थाले । उनीहरुले ट्रम्पको विरोधको लागि गुगल सर्चको डाटाबेसलाई प्रभावित गर्नकै लागि यसो गरेका थिए । यस्तो अभ्यासलाई ‘गुगल बम्बिङ’ भनिन्छ । 

कुनै अमेरिकी राष्ट्रपतिलाई अपमानजनक शब्दसँग जोडिएको यो पहिलो पटक भने होइन । 

सन् २००३ मा ‘मिजरेबल फेलर(दयालाग्दो हरुवा)’ सर्च गर्दा तत्कालिन राष्ट्रपति जर्ज डब्लू बुसको नाम आउथ्यो । 

गुगलका सीईओको संसदीय सुनुवाईका क्रममा अमेरिकी सांसदहरुमा गुगलले गर्ने कामहरु बारेमा आधारभुत जानकारी मात्र भएको सार्वजनिक भएको थियो । 

कति सम्म भने रिपब्लिकन पार्टीका स्टिभ किंगले पिचाईलाई उनको नातिनीको आईफोन किन अजिवको काम गरिरहेको सोधेका थिए । 

जवाफमा पिचाई आईफोन आफूहरुले बनाउने उत्पादन नभएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप