शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पदकमा आर्मीको बर्चश्व

बिहीबार, १२ वैशाख २०७६, ०८ : २९
बिहीबार, १२ वैशाख २०७६

नेपालगन्ज – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले बर्चश्व जमाएका छन् । विभागीय टोली आर्मी,पुलिस क्लब र एपीएफ क्लबले शीर्ष तीन स्थान हात ओगटे । 

पदक तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले प्रतियोगिताको कूल तीन सय ७२ स्वर्ण मध्ये एक सय ४० स्वर्ण जित्यो । आर्मी ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । 

दोस्रो स्थानमा रहेको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य तथा तेस्रो भएको एपीएफले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त ग¥यो । विभागीय टोलीपछि सर्वाधिक पदक प्रदेश ३ ले जित्यो । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य प्राप्त ग¥यो । 

सबैभन्दा अन्तिममा रहेको कर्णाली प्रदेशले तीन स्वर्ण, चार रजत र १७ कांस्य पदक जित्न सक्यो । प्रतियोगितामा पहिलो पटक सहभागी एनआरएनए टोलीले ६ स्वर्ण, पाँच रजत र पाँच कांस्य जित्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप