शाहरुखले भने, ‘अहिले बेरोजगार छु, कुनै पनि फिल्ममा काम गरिरहेको छैन’
सोमबार, ०९ असार २०७६, ०९ : २१
बलिउड फिल्म अभिनेता शाहरुख खानले आफू आजकाल बेरोजगार भएको स्विकारेका छन् । शाहरुख खानले एक अन्तरवार्तामा यतिबेला आफूसँग कुनै फिल्म नभएको जानकारी दिएका छन् । शाहरुख खानको पछिल्लो फिल्म जिरो थियो जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो ।
यसअघि शाहरुखलाई थुप्रै फिल्मको प्रस्ताव आएको विभिन्न खबरलाई उनले खण्डन गरेका छन् । पछिल्लो पटक उनले कट्रिना कैफसँग सत्ते पे सत्ताको रिमेकमा अभिनय गर्ने खबर आएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार शाहरुखले यो खबरलाई पनि खण्डन गर्दै आफू कुनै पनि फिल्ममा तत्काल अनुबन्ध नभएको बताएका छन् ।
शाहरुखले यसअघि फिल्ममा तत्काल काम गर्न मनले नै नमानिरहेको जानकारी दिएका थिए । तत्काल काम गर्नुको साटो फिल्म हेर्न, कथाहरु सुन्न र धेरैभन्दा धेरै किताब पढ्न चाहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’