७२ दिनमा सकियो दीपेन्द्रको ‘आमा’
काठमाडौं– दीपेन्द्र के.खनालको निर्देशन रहेको फिल्म ‘आमा’को छायाँकन सकिएको छ । बुधबार स्वयम्भुको हलचोकमा कलाकार देशभक्त खनालको एकदृश्य छायाँकनसँगै फिल्म सकिएको हो । ७२ दिनको नियमित छायाँकनमा फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए ।
अक्सर नेपाली फिल्मको छायाँकन डेढदेखि दुई महिनामा सकिने गर्दछ । तर निर्देशक खनाललाई भने यो फिल्म धेरै समय लाग्यो । गत १६ असारबाट छायाँकन सुरु भएको फिल्मको छायाँकन नियमित नभएको कारण लामो समय लागेको हो । यसको कारण नियमित बर्षा नहुन रहेको रहेको छ ।
‘कैयौं दिन पानी पर्छ भनेर सेट लगायो, तर पानी नियमित नपर्दा सुटिङमा समस्या आउँथ्यो’ निर्देशक थपे ‘पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौ । पानी नपर्दा केही दिन स्पोटमा पानी कुरेरै बित्यो ।’ प्राकृतिक बर्षा भएको समयमै फिल्मका केही दृश्य खिच्नुपर्ने भएकोले पनि आफुले पानी कुरेको उनले सुनाए ।
फिल्ममा अभिनेत्री मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त लगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘आमा’को मुख्य कथामा बन्न लागेको यो फिल्म आफ्नो अहिलेसम्मकै राम्रो फिल्म हुने खनालले बताए । फिल्मको रिलिज मिति भने फागुन ९ गते तोकिएको छ ।
यसै फिल्मका लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल मुन्डन गराएकी थिइन् । फिल्मको निर्माता शर्मिला पाण्डेले रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन