मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
सारांश
- नयाँ मौद्रिक नीतिले बजारलाई खासै टेवा नपुग्दा नेप्से परिसूचक ३०.०९ अङ्कले घटेको छ ।
- मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ्ने अपेक्षा विपरीत २ हजार ६२१.५९ विन्दुमा झरेको छ ।
- नेप्से परिसूचक घटे पनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ ।
काठमाडौँ । मङ्गलबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने नीति नदेखेपछि बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ ।
मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ्ने अपेक्षा थियो। तर त्यसो नभई नेप्से बुधवार ३०.०९ अङ्क घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको छ । त्यस्तैसेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अङ्कले घटेको छ।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कारोबारमा आएका ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । हिजाे ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ ।
केही कम्पनीको सेयर ६ प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.४१ प्रतिशत घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
-
नवनियुक्त मुख्यसचिव कार्कीले पूरा कार्यकाल काम गर्न पाउने छैनन्
-
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
-
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण