सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच रेमिट्यान्स सम्झौता
काठमाडौं– अमेरिकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहनुहुने नेपालीहरुले अब रेमिट्ली (Remitly)को मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईम्रले हस्ताक्षर गरेका थिए । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता