विदेशी ज्वाइँलाई तत्काल अंगिकृत नागरिकता दिन नसकिने सरकारको अडान
काठमाडौं– सरकारले तत्काल विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने अडान राखेको छ । गृहसचिव प्रेमकुमार राईले तत्काल विदेशी ज्वाइँलाई नेपालको अंगिकृत नागरिकता दिने पक्षमा सरकार नरहेको प्रष्याएका हुन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा पनि महिला सांसदहरुले छोरीले विवाह गरेर ल्याएका ज्वाइँलाई पनि विदेशी बुहारीलाई जसरी नै अंगिकृत नागरिक दिनुपर्ने तर्क गरिरहेका बेला गृहसचिव राईले त्यसका लागि हतारिएर तत्काल निर्णय गर्न नसकिने बताए ।
उनले नेपाली पुरुषले विदेशी नागरिकलाई विवाह गरेर ल्याएमा अंगिकृत नागरिकता दिन सकिने तर महिलाले विवाह गरेर विदेशी पुरुष ल्याएमा नागरिकता दिने व्यवस्था गर्न त्यसको असरबारे कम्तीमा पनि चार वर्ष अध्ययन गर्नुपर्ने सरकारको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराए ।
बैठकमा समितिकी सदस्य यशोदा सुवेदी गुरुङले समानता, न्याय र विभेदरहित कानुन निर्माण गर्नुपर्ने भएकाले पनि महिलाले विवाह गरेका ल्याएका विदेशी नागरिकलाई पनि अंगिकृत नागरिकता दिने गरी कानुन बनाउनुपर्ने अडान राखिन् ।
उनले संविधानमा पनि समानताको हकको प्रत्याभूति गरिएकाले पुरुषले विदेशी विवाह गरे नागरिकता पाउने तर महिलाले विवाह गरेर ल्याएका पुरुषलाई नागरिकता दिन नमिल्ने कानुनी व्यवस्था गर्न नहुने पनि बताए । सत्तारुढ नेकपाकी सांसद समेत रहेकी सुवेदीले पुरुषले विवाह गरेर ल्याएका महिलालाई पनि आवश्यक्ता हेरेरमात्रै अंगिकृत नागरिकताको व्यवस्था गर्नुपर्नेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
सांसद गुरुङको सो मतमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहमति जनाए । उनले समानतामा आधारित भएर अंगिकृत नागरिकताको व्यवस्था गर्न आफ्नो पार्टीको पनि सहमति हुने बताए । तर सांसद प्रेम सुवालले भने पुरुष वा महिलाले विवाह गरेर आएका विदेशी नागरिकलाई १५ वर्ष पूरा नभई अंगिकृत नागरिकता दिन नहुने धारणा राखे ।
उनले मुलुकको सार्वभौमिकतामाथि आँच आउने काम हुन नदिन पनि विवाह गरेका आएका विदेशी नागरिकलाई तत्काल अंगिकृत नागरिकता दिने काम गर्न नहुने बताए । विदेशी बुहारी वा ज्वाईँलाई तत्कालका लागि भने राष्ट्रिय परिचय पत्र दिए हुने सांसद सुवालको प्रस्ताव छ । सांसद सुवालले जथाभावी नागरिकता वितरण हुने गरी कानुन निर्माण नगर्न पनि सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण