चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्नेमा आशावादी छौं: परराष्ट्रमन्त्री ज्ञवाली
बुटवल– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भविश्यमा कहिल्यै नाकाबन्दीको पीडा ब्यहोर्न नपर्ने दाबी गरेका छन् । सरकारले परराष्ट्र नीति र बाह्य सम्बन्धमा गुणात्मक रुपमा विकास गरको भन्दै विगतमा भएकोजस्तो नाकाबन्दीको समस्या अब आउने पिँढीले भोग्नु नपर्ने समेत उनले दाबी गरे ।
बाह्य राष्ट्रहरुसँग आर्थिक साझेदारी राम्रो हुँदै गएको बताउँदै उनले परराष्ट्र सम्बन्धमा विगतमा भएका समस्याहरुलाई एकपछि अर्को गर्दै सुधार गर्दै लगिएको उल्लेख गरे । प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले नेपालको छवि विश्वमा बढ्दै गएको समेत दाबी गरे । ‘निकट भविष्यमा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने कुरामा हामी आशावादी छौ’ उनले भने ‘चीनमा भएको विकासको लयसँग नेपालको लयलाई कसरी मिलाउने भन्नेमा हामी प्रयासरत रहेका छौ ।’
सञ्चाकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपाल–भारतबीच रहेको सिमा विवाद समाधानका लागि विज्ञ टोलीहरुले अनुसन्धान गरिरहेको बताउँदै सबै विवाद तथा समस्याहरुको समाधान गरिने उनले बताए । नेपाल भारत खुला सिमानाको दुरुपयोग गरी अवाञ्छित तत्वहरुले गलत काम गरिरहेको बताउँदै उनले ती समस्याहरुलाई समाधान गर्नेतर्फ सरकार लागिरहेको बताए ।
एक फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले सरकारको प्राथमिकता बैदेशिक रोजगारी नभएपनि वाध्यताको विषय भएको बताए । ‘जबसम्म कृषिमा आधुनिकीकरण हुँदैन नेपालको आर्थिक विकासका लागि वैदेशिक रोजगार बाध्यताको विषय हो ।’ उनले अगाडी भने ‘सरल, भरपर्दो र सम्मानजनक वैदेशिक यात्रा सरकारको प्राथमिकता हो ।’
मुलुकको विकासका लागि देशको हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्दै मन्त्री ज्ञवालीले सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको देश बनाउने सङ्कल्प जसरी पनि पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचारी र काला बजारियाहको प्वाँल टालिँदै गएको उल्लेखका छन् । उनले भने, ‘सरकारले ठिक ठाउँमा प्रहार गरेको छ । जस्तै ललिता निवास, सुन काण्डले भष्टाचार गर्नेहरु हत्तोसाहित भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण