सोनिया गान्धीले बोलाएको बैठक राहुल गान्धीले गरे बहिष्कार
नयाँ दिल्ली-भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएका छन् ।
बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भएपनि उनी उपस्थित नहुनु भएको नेताहरूले जानकारी दिएका छन् ।
सन् २०१७ मा पार्टी अध्यक्ष बन्नुभएका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए ।
उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजिनामा फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएका थिए ।
पार्टी केन्द्रीय कार्यालयमा पार्टीका महासचिवहरू, प्रदेश अध्यक्षहरू, पार्टीका सांसदहरूलगायतको संयुक्त बैठकमा उनी अनुपस्थित भएका हुन् ।
नेता गान्धी अहिले कांग्रेस पार्टीको कुनै पदाधिकारी नभएपनि केन्द्रीय सदस्य र सांसद भने रहेकी छिन् । उनी हालै भएको आम निर्वाचनमा वायानादबाट लोकसभामा निर्वाचित भएकी हुन् ।
राहुल निकट श्रोतले एएनआईलाई दिएको जानकारी अनुसार उनले पार्टीको महत्वपूर्ण जिम्मेबारी आफुले त्याग गरिसकेकाले अत्यावश्यक बाहेक पार्टीको महत्वपुर्ण बैठकहरूमा नजाने अडान लिएका छन् ।
यसअघि उनले संविधानको धारा ३७० लाई सरकारले खारेज गरेको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा सहभागीता जनाएका थिए ।
राहुलले राजिनामा फिर्ता नलिएपछि पार्टीको अन्तरिम अध्यक्षका रूपमा पूर्व अध्यक्ष सोनीया गान्धीले जिम्मेवारी लिएकी छिन् ।
झण्डै १२ बर्षपछि काँग्रेसको केन्द्रीय कार्यालयमा अहिले राहुलको कुनै ‘नेमप्लेट’ छैन भने उनले केन्द्रीय सदस्यका रूपमा मात्रै आफूलाई प्रस्तुत गर्ने गरेका छन् । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण