काँग्रेसले आजको संसद बैठक पनि अवरोध गर्ने !
काठमाडौँ– नेपाली काँग्रेसले आज बस्ने संसद बैठक चल्न नदिने भएको छ ।
जागरण अभियानका क्रममा नेपालगञ्जमा गत साता भएको आक्रमण र त्यसमा संलग्नहरुलाई कारवाही गर्न सरकारले वेवास्ता गरेको भन्दै काँग्रेसले सोमबारको बैठक पनि अवरोध गरेको थियो ।
घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिएपनि काँग्रेसले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
‘आजको बैठक चल्ने नचल्ने सरकारमा निर्भर पर्छ । हामी चित्तवुझ्दो जवाफ आओस् भन्ने पक्षमा छौ’ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषालले रातोपाटीसँग भनिन् ‘ हामीले हाम्रो निर्णय परिवर्तन गरेका छैनौँ ।’ सरकारले भने एकपटक जवाफ दिइसकेकाले अब पुनः सोही घटनालाई लिएर फेरि अर्को जवाफ दिन जरुरी नभएको बताएको छ ।
यसैबीच संसद बैठक अघि काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठकमा सरकारको प्रतिपक्षलाई पेलेरै जान खोज्ने प्रवृतिविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण