सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा

सोमबार, २२ असार २०८३, ०० : ३८
सोमबार, २२ असार २०८३

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नं २७ गण मुख्यालय रुपन्देहीको संयुक्त टोलीले भैरहवा भन्सार क्षेत्रमा सञ्चालन गरेको डग स्निफिङसहितको स्वीप अपरेसनका क्रममा ४ जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा यात्रुलाई अनावश्यक हैरानी दिइरहेका व्यक्तिलाई आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा पर्नेमा भारत उत्तर प्रदेशको महाराजगन्जका २१ वर्षीय राज पाल रहेका छन् । उनको साथबाट भारु चार हजार ८५०, नेपाली रु ४०० तथा एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भारत उत्तर प्रदेश कुशीनगर निवासी २२ वर्षीय सजित अन्सारी र २१ वर्षीय विपिन कुशवाहालाई भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । साथै उत्तर प्रदेश, गोरखपुर इटहिया निवासी २५ वर्षीय अमित यादवलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्रकेश साहले भन्सार क्षेत्रको सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने शङ्कास्पद गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त रूपमा नियमित स्वीप अपरेसन सञ्चालन भइरहेको जानकारी दिए । उनले नियन्त्रणमा लिइएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप