ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
सारांश
- फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विजेता ब्राजिललाई २-१ गोलले स्तब्ध पार्दै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
- स्टार स्ट्राइकर एर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गरेर नर्वेलाई ऐतिहासिक जित दिलाए।
- यस जितसँगै नर्वेले विश्वकपको नकआउट चरण पार गरेको छ भने ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अत्यन्तै रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वे पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा साेमबार बिहान सम्पन्न रोमाञ्चक खेलमा नर्वेलाई सनसनीपूर्ण जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दोस्रो हाफमा उत्कृष्ट दुई गोल गरे। खेलको अतिरिक्त समयमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि नर्वेलाई ऐतिहासिक यात्रा तय गर्नबाट रोक्न सकेनन् । यससँगै उपाधि दाबेदार ब्राजिल प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।

यसअघि खेलको पहिलो हाफ निकै नाटकीय रहे पनि गोलरहित बराबरीमा सकिएको थियो । खेलको १२औँ मिनेटमा भीएआरको सहयोगमा ब्राजिलले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर, १४औँ मिनेटमा ब्राजिलका मिडफिल्डर ब्रुनो गिमारेसले प्रहार गरेको पेनाल्टी नर्वेका गोलरक्षक बेकारले बचाएपछि ब्राजिलले सुरुवाती अग्रता लिने सुन्दर अवसर गुमायो । दोस्रो हाफमा गोलको खडेरी तोड्नका लागि ६७औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीको स्थानमा नेयमार मैदान प्रवेश गरेका थिए । तर, त्यसको दुइ मिनेटपछि नै ब्राजिलले पहिलो गोल खायो ।

खेलको ७९औँ मिनेटमा ए. श्जेलडरुपको उत्कृष्ट पासमा हालान्डले कसिलो प्रहार गर्दै नर्वेलाई १–० को अग्रता दिलाए । ब्राजिल बराबरी गोलका लागि संघर्ष गरिरहेका बेला ९०औँ मिनेटमा पुनः श्जेलडरुपकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित निश्चित जस्तै बनाए । ७ मिनेट थप गरिएको (इन्जुरी) समयको १०औँ मिनेटमा ब्राजिलले पेनाल्टी पाएपछि नेयमारले त्यसलाई गोलमा परिणत गरे । ब्राजिललाई खेलमा फर्काउन त्यो निकै ढिलो भइसकेको थियो र खेल नर्वेले २–१ ले आफ्नो पक्षमा पार्यो । खेल अवधिभर देखाइएको एउटा मात्र पहेलो कार्ड पाउने खेलाडी नेइमार नै रहे ।

यस ऐतिहासिक जितसँगै नर्वेले ब्राजिलविरुद्धको आफ्नो अपराजित यात्रालाई पाँच खेलसम्म (३ जित, २ बराबरी) कायम राख्न पनि सफल भएको छ । अर्कोतर्फ, ब्राजिलका लागि युरोपेली देशहरूविरुद्धको नकआउट चरणको खराब इतिहास यस पटक पनि बदलिएन र सन् २००२ यता उनीहरू युरोपेली टोलीसँग विश्वकप नकआउट खेलमा लगातार सातौँ पटक पराजित हुन पुगे । ब्राजिलको जम्मा ३३ प्रतिसत मात्र बल पोजिसन रहेको खेलमा नर्वेको मजबुत रक्षापंक्ति छिचोल्न पनि ब्राजिलियन स्टारहरू सफल भएनन्।
यसै खेलमा दुई गोल गरेका हालान्डको जारी विश्वकपमा कुल गोल संख्या ७ पुगेको छ, उनले गोल्डेन बुटको दौडमा ७–७ गोल गरेका लियोनेल मेसी र किलियन एम्बाप्पेको बराबरी गरेका छन्। पहिलोपल्ट क्वार्टरफाइनलमा पुगेको नर्वेले अब जुलाई ११ मा मियामीमा मेक्सिको वा इंग्ल्यान्डमध्ये एकसँग सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण