स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
तनहुँ । भानु नगरपालिका–३ खहरेमा नवनिर्मित ‘भानु स्वास्थ्यचौकी’को नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि ६ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ ।
‘भानु स्वास्थ्यचौकी’को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका ६ जनाको परिवारले रु तीन करोड २४ लाख मूल्यबराबरको जग्गादान गरेका हुन् । स्वास्थ्य सेवाजस्तो पवित्र कार्यका लागि स्थानीयले देखाएको यो उदारताको कदर गर्दै हालै एक विशेष कार्यक्रमका बिच शिलालेख अनावरण गरी जग्गादाताको योगदानलाई सार्वजनिक गरिएको छ ।
जग्गादान गर्ने दानवीरहरूमा स्थानीय बालकृष्ण र राममाया कार्की एक रोपनी ८ आना २ पैसा एक दाम जग्गा दान गरेका छन् । हालको चलनचल्तीको मूल्यअनुरुप रु ९८ लाख ५० हजारको जग्गा रहेको छ । दानवीरमध्ये कार्की दम्पतीले बढी दान गरेका हुन् ।
त्यसैगरी, विष्णुबहादुर र सरिता कार्की पन्तका परिवारले रु ६४ लाख मूल्यको एक रोपनी, ज्ञानबहादुर र वीरमाया गुरुङले रु ६४ लाख मूल्यको एक रोपनी, दुर्गाबहादुर र रनकुमारी गुरुङले रु ४८ लाख मूल्यको १२ आना, स्वर्गीय लालबहादुर, जगकुमारी श्रेष्ठले ३२ लाख मूल्यको आठ आना र रामबहादुर र सुनकोरी गुरुङले रु १७ लाख ७५ हजार मूल्यको ४ आना १ पैसा ३ दाम जग्गा दान गर्नुभएको हो ।
गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा पुगोस् र गरिब तथा विपन्न नागरिकले उपचार अभावमा तड्पिनु नपरोस् भन्ने पवित्र उद्देश्यका साथ जग्गादान गरिएको दाता बालकृष्ण कार्कीले बताए । आफ्नै गाउँका नागरिक मिलेर करोडौँको जग्गा जुटाएपछि स्थानीयवासी उत्साहित भएर लागेका छन् । नेपाल सरकार, सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आधुनिक भवनको निर्माण सम्पन्न भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवनको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका हुन् । सो अवसरमा नगरप्रमुख त्रिपाठीले स्वास्थ्य क्षेत्रमा स्थानीयवासीले देखाएको उत्साहले जनप्रतिनिधिहरूलाई थप हौसला मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण