एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अक्सन पुल सार्वजनिक गरेको छ । संघले अक्सनका लागि छनोट भएका कुल १५५ खेलाडीहरूको नामावली सार्वजनिक आइतबार एक विज्ञप्तिमार्फत गरेको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा अक्सनमा सहभागी हुने खेलाडीहरूलाई 'ए', 'बी' र 'सी' गरी तीनवटा श्रेणीमा विभाजन गरिएको छ । अक्सनमार्फत सहभागी फ्रेन्चाइज टिमहरूले यी श्रेणीहरूबाट खेलाडी खरिद गर्नुपर्नेछ ।
सार्वजनिक गरिएको सूची अनुसार 'ए' श्रेणीमा ५ जना खेलाडीहरू रहेका छन् । जसमा अर्जुन घर्ती, विवेक कुमार यादव, महम्मद आसिफ शेख, रुपेश कुमार सिंह र त्रित राज दास परेका छन् ।
त्यसैगरी श्रेणी 'बी' मा २७ जना खेलाडीहरू समावेश छन् भने सबैभन्दा धेरै १२३ जना खेलाडीहरू श्रेणी 'सी' मा रहेका छन् । अक्सन पुलमा ब्याट्सम्यान, बलर, अलराउन्डर र विकेटकिपरहरूलाई उनीहरूको भूमिका र खेल कौशल (ब्याटिङ र बलिङ शैली) का आधारमा वर्गीकृत गरिएको छ ।
क्यानले जारी गरेको नयाँ व्यवस्था अनुसार, यो संस्करणदेखि हरेक फ्रेन्चाइज टोलीमा नेपाली खेलाडीहरूको संख्या बढाइएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार हरेक टोलीमा २/२ जना थप नेपाली खेलाडीहरू समावेश गरिँदैछ । योसँगै अब मार्की खेलाडी र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित हरेक टोलीमा कुल १४ जना नेपाली खेलाडीहरू रहने सुनिश्चित गरिएको छ।
अक्सनका लागि छनोट भएका १५५ खेलाडीहरूको विस्तृत सूची:
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण