पीएसजीसँग रियलको लज्जास्पद हार, बायर्नले जित्दा टोट्टनहाम बराबरीमा रोकियो
च्याम्पियन्स लिग फुटबलको दावेदार स्पेनिस क्लब रियाल म्याड्रिडले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) सँग लज्जास्पद हार खेपेको छ । पीएसजीको मैदानमा बुधबार राति भएको खेलमा रियल ३–० गोलले पराजित भयो । पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा थोमस एक गोल गरे । रियालका ग्यारेथ बेलको गोललाई भिएआरको सहायतामा मान्यता नदिएपछि रियल दबाबमा परेको थियो ।
पीएसजीले १४औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ३३औं मिनेटमा मारियाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । थोमले इन्जरी समयमा गोलगर्दै पीएसजीलाई फराकिलो जित दिलाए । रियलले खेलभर चारवटा उत्कृष्ट अवसर गुमाएको थियो । पीएसजी स्टार खेलाडी नेयमार र केलियन एमबाप्पेविनै उत्रिएको थियो । रियलका मार्सेलो, इस्को, लुका मोड्रिच, मार्काे असेन्सो र फेडे भालभेर्डे घाइते छन् । यीनै स्टार खेलाडी घाइते भएका कारण दबाबमा परेको हो ।
जितसँगै समूह ‘ए’ मा रहेको पीएसजीले तीन अंक बनाएको छ । अंकविहिन रियल तालिकाको अन्तिममा छ । यही समूहको अर्को खेलमा गालाटासारे र क्लब बर्गले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छ ।
यसैगरी समूह ‘बी’ को खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सर्वियन क्लब रेडस्टार बेलग्रेडलाई ३–० गोलले हराएको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोम्यानले ३४औं मिनेटमा हेड गोल गर्दै खाता खोले । रोबर्ट लेवान्डोस्कीले ८०औ मिनेटमा गोलगर्दै बायर्नको अग्रता दोब्बर बनाए । ९०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।
समूह ‘बी’ कै अर्को खेलमा इङ्लिस क्लब टोट्टनहाम र ग्रीस क्लब ओलम्पियाकोसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ग्रीसमा खेलिएको खेलमा टोट्टनहाम सुरुवातमा दुई गोलको अग्रता लिएरपनि बराबरीमा रोकिएको थियो । टोट्टनहामका लागि २६औं मिनेटमा ह्यारी केनले पेनाल्टी गोलमार्फत खाता खोले । ३०औं मिनेटमा लुकास मौउराले गोल गर्दै टोट्टनहामको अग्रता दोब्बर बनाए ।
त्यसपछि ४४औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै ओलम्पियाकोसलाई खेलमा फर्काएने प्रयास गरे । ५४औं मिनेटमा म्याथ्यु भालवुयनाले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो । यस समूहमा पहिलो जित निकालेको बायर्नको तीन अंक छ । टोट्टनहाम र ओलम्पियाकोसले एक एक अंक बनाएका छन् । अंकबिहिन बेलग्रेड अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण