टुँडिखेलमा संविधान दिवस (फोटोफिचर)
काठमाडौँ । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुसीयालीमा विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाइँदैछ ।
दिवसका अवसरमा सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी बने । कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम, विभिन्न झाकी र कवाजहरु प्रदर्शन गरिएको थियो ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।
‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको थियो ।
विश्वकै उत्कृष्ट भनिएको यो संविधानका खास केही गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता विशेषता छन् । जनताद्धारा र जनताका लागि बनाइएको यही संविधानअनुसार मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको छ भने अवधिक निर्वाचन समेत भएर तीन तहका सरकार बनिसकेका छन् ।
२०७२ सालमा संविधान जारी नगर्न केही शक्तिले दिएको दबाब, मधेस केन्द्रीत दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नुपरेको थियो । संविधान जारी भएपछि पनि भारतले नाकाबन्दी लगाउँदा देशको अर्थतन्त्र नै धराशायी हुन पगेको थियो ।

यद्यपी, जनताका प्रतिनिधिले पहिलोपटक बनाएको संविधानमाथि चुनौती र विरोध पनि थपिँदै छन् । संसदभित्र र बाहिरबाट संविधानमाथि विभिन्न खाले प्रहार भइरहेका छन् ।
संविधान जारी गर्दा संविधानसभा बहिष्कार गर्दै बाहिरिएका मधेस केन्द्रीत दल संशोधन भए मात्र स्वीकार गर्ने भन्दै आजको दिनलाई कालो दिनका मनाउने घोषणा गरिसकेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संविधानको र व्यवस्थाकै विरोध गरिरहेको छ । पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्र शाह र राजतन्त्रपक्षधर केही समहूले संविधानमाथि अनेक बहानामा प्रहार गरिरहेका छन् ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण