वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी
शुक्रबार, १० असोज २०७६, ०७ : ०३
गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए ।
वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुप¥यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’ उनले भने, ‘वडा अध्यक्ष भएपनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’
बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्नपनि बोल्दैनन् ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण