मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

टिकट काउन्टरहरुमा सादा पोसाकका ट्राफिक प्रहरीको छड्के, बढी भाडा लिने आठ जना पक्राउ

बुधबार, १५ असोज २०७६, १३ : ३६
बुधबार, १५ असोज २०७६

काठमाडौँ । दसैँलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा रहेका टिकट काउन्टरहरुमा अनुगमनलाई तीव्र बनाएको छ । दसैँमा तोकिएको भन्दा महँगो शुल्कमा टिकट बिक्री गर्ने, क्षमताभन्दा बढी टिकट काट्ने जस्ता गुनासाहरु बढी आउने गरेकाले ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी खटाएर टिकट काउन्टरहरुको अनुगमन गरिरहेको हो ।

गत तीन दिनमा मात्र विभिन्न टिकट काउन्टरबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गत असोज १२ गते कोटेश्वरस्थित चुरिमाई यातायात टिकट काउन्टर तथा इमोनएसी हायस काउन्टरबाट तीनलाई नियन्त्रणमा लिएको थियो । जसमा सिन्धुलीका ५० वर्षीय दीपेन्द्र प्रसाद पौडेल, पाँचथरका ३० वर्षीय उपेन्द्र ढुंगाना र महोत्तरीका २६ वर्षीय विशाल घिसिङ रहेका छन् ।

त्यस्तै, सोही दिन बल्खुस्थित वेलकम सुमो सेवा टिकट काउन्टर तथा वीरगञ्ज कलैया सुमो सेवा टिकटकाउन्टरबाट २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकवानपुरका २७ वर्षीय श्रीराम सिन्तान र बाराका २४ वर्षीय चन्दन साह कलवार रहेका छन् ।

यता, मङ्गलबार पनि कोटेश्वरका विभिन्न टिकट काउन्टरहरुबाट बढी भाडा असुल गर्ने तीनजनालाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको थियो । जसमा पञ्चधुरा यातायातका धनुषा बस्ने ४२ वर्षीय रवीन्द्रनाथ श्रेष्ठ, रातो कमलामाई सेवाका धनुषा बस्ने ३९ वर्षीय अशोक थोकर र सुनसरी बस्ने २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।

यता बुधबार बल्खुमा रहेको दक्षिणकाली दर्शन सुमो सेवा टिकटकाउन्टरबाट बढी भाडा असुल गर्ने काउन्टरका कर्मचारीलाई पक्राउ गरी कालिमाटी वृत्तमा बुझाइएको छ । पक्राउ पर्नेमा काठमाडौँका ३२ वर्षीय रामचन्द्र कार्की रहेका छन् ।

मापसेमा १ हजारभन्दा बढी कारवाही

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय मापसे गरेर सवारी चलाउनेको संख्यामा पनि वृद्धि भएको छ । विगत १० दिनमा १ हजार ७ जनालाई प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरेको छ । गत असोज ५ देखि १४ गतेसम्ममा विभिन्न घटनामा काठमाडौँ उपत्यकामा १४ हजार ८४८ जना कारवाहीमा परिसकेका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार यो अवधिमा ११ लाख ९१ हजार ९८८ जना काठमाडौँबाट बाहिरिएका छन् भने ७ लाख ६९ हजार ६७६ जना काठमाडौँ भित्रिएका छन् । दसैँका लागि १ लाख २७ हजार ३०६ जनाले अग्रिम टिकट बुकिङ गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप