करणको अलराउण्ड प्रदर्शन, नेपालद्वारा नेदरल्याण्ड पराजित
काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।
करणले मात्र १४ बलमा ३१ रन बनाएपछि नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पछ्यायो ।
करणले यसक्रममा १ चौका र तीन छक्का हिर्काए ।
त्यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिए भने विनोद भण्डारीले २६ रन बनाए ।
यसअघि करण र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको थियो ।
नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।
खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।
नेपालका लागि ललित राजवंशीले १ विकेट लिए ।
दुई खेलबाट ४ अंकसहित नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।
यसअघि पहिलो खेलमा नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण